बागलुङ: बडिगाडमा कोरोना सक्रंमणका कारण एक पुरुषको मृत्यु भएको छ। बडिगाड गाउँपालिका, वडा नं. ९, दर्लिङका ३५ वर्षिय एक पुरुषको कोरोना सक्रंमणका कारण काठमाण्डौमा ज्यान गएको हो।
कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि बुटबल लगिएको थियो। बुटबलमा कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएपछि उपचारका लागि काठमाण्डौ लगिएको बताईएको छ। उनको उपचारकै क्रममा काठमाडौँ सानेपामा रहेको स्टार हस्पिटलमा मृत्यु भएको हो।
उनले लामो समयदेखि फार्मेसीमा काम गर्दै आएका थिए। यसैबीच सोमबार पनि बडिगाड गाउँपालिका भिमगिठेका एक व्यक्तिको सास फेर्न गाह्रो भएर मृत्यु भएको छ। उनमा कोरोना संग मिल्दोजुल्दो लक्षण समेत देखिएको र राति २ बजे सास फेर्न गा’ह्रो भएको बताएको केही छिनमै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।
Badigad Online