विपदमा नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान

विपदमा नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान

Badigad Online
4 Min Read

– सागर भण्डारी

गुल्मी: नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण तीव्र गतिमा बढ्दै जान थालेसंगै भयावह स्थितिको सामना गर्न कठिन परिस्थिति सिर्जना हुँदै गएपछि नेपाल पत्रकार महासंघ, गुल्मीले अक्सिजन खरिदका लागि सहयोग सकंलन गरिरहेको छ।

पछिल्लो समय सक्रंमितहरु अक्सिजन नपाएरै ज्यान गुमाउन बाध्य भएका घटनाहरु बढ्दै जान थालेपछि महासघंले सहयोग सकंलन अभियान सुरु गरेको हो। जिल्लामा अक्सिजन अभावकै कारण ज्यान गुमाउनुपर्ने विकराल अवस्थालाई कम गर्नका लागि सहयोग सकंलन अभियान सुरु गरेको महासघंका जिल्ला शाखा अध्यक्ष टोपलाल अर्यालले बताए।

अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरु आएपछि महासघंले जिल्लाबासीलाई अक्सिजन अभावकै कारण ज्यान गुमाउनुपर्ने समस्या समाधानका लागि अक्सिजन खरिद अभियानलाई प्राथमिकता दिएर सहयोग सकंलन गरिरहेको उनको भनाई छ। जिल्लामा रहेका १२ वटै स्थानीय तहका नागरिकहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउनपर्ने स्थिति नआओस् भन्ने नै अभियानको प्रमुख उद्धेश्य रहेको अर्यालले बताए।

अर्यालका अनुसार वैशाख २५ गतेबाट सुरु भएको महासंघको यो अभियानमा अहिलेसम्म झण्डै ७ लाख भन्दा माथि रकम सकंलन भएको छ। सहयोग सकंलन अभियान अझै पनि जारी नै रहेको छ। विपदका समाचार लेख्ने र हेर्ने भन्दा पनि यो विपत्तीको लडाईमा लागेका सम्पूणर् स्वाथ्यकर्मी र सरोकारवालाहरुसगं हातेमालो गरेर अगाडी बढने सोँच पत्रकार महासघं गुल्मी शाखाले बनाएको छ।

यसैबीच सकंलित रकम मध्ये ५ लाख रकमबाट २० वटा अक्सिजन सिलिन्डर खरिदका लागि पठाईएको छ। मगंलबार महासघंको खातामा सकंलित रकम मध्येबाट उक्त रकम अक्सिजन सिलिण्डर खरिदका लागि पठाएको हो। अहिले तत्कालका लागि सकंलित रकमबाट २० वटा अक्सिजन सिलिण्डर खरिदका लागि रकम पठाईएको महासघं गुल्मी शाखाले जनाएको छ।

उक्त अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा गुल्मी अस्पताललाई १० थान उपलब्ध गराउने र बाँकी १० थान जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई प्रदान गर्ने निणर्य भएको छ।

महासघंले सुरु गरेको यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन्। विपदको समयमा सबै एकजुट हुनुपर्छ भन्ने सन्देशका साथ रोजगारीका क्रममा विदेशमा रहेका, स्वदेशमा रहेका व्यक्ति विभिन्न सघं संस्थाले सहयोग गरिरहेका छन् । महासघंले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । यो अभियान कोरोना सक्रंमण साम्य नहुन्जेल जारी रहने भएको छ ।

पहिलो चरणमा अक्सिजननै प्राथमिकतामा राखेर अभियान थालेको महासघंले  अहिले फेरी सक्रंमितहरु घरमै बस्ने र अन्तिम अवस्थामा भेन्टिलेटर वा आईसीयुको आवश्यकता परेपछि मात्रै अस्पताल जाने स्थिति बनेपछि गुल्मी अस्पतालले सञ्चालन गर्न लागेको एससीयूलाई पनि सहयोग गर्ने उद्धेश्य राखेको छ। यस्तो बेलामा अस्पतालमा शैया नै नपाउने र अन्तिममा ज्यान गुमाउने स्थिति पनि बनेको छ महासघंका अध्यक्ष अर्यालले भने यस अवस्थामा रकम सकंलन हुने क्रम बढ्दै गएमा गुल्मी अस्पतालको उक्त कार्यलाई पनि सहयोग गर्ने उद्धेश्य रहेको छ।

अर्यालले जिल्लाबासीको जीवन रक्षाका लागि नेपाल पत्रकार महासंघले सुरु गरेको यो अभियानमा सहयोग गरी पुण्य काम गर्न सबैलाई आग्रह गरेका छन्। अहिले हाम्रा बुबाआमा दाजुभाई दिदी बहिनीहरुको जीवन बचाउनु नै हाम्रो प्रमुख दायित्व बनेको छ उनले भने हामीले एक छाक नखाएर कसैको जीवन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने?

सहयोग सकंलनका लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत नै अभियान सञ्चालन गरिरहेका छन्।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित