गलकोटमा अस्थायी कोरोना अस्पतालको स्तरोन्नति गरी अक्सिजन सहित ११ शय्याको निर्माण

गलकोटमा अस्थायी कोरोना अस्पतालको स्तरोन्नति गरी अक्सिजन सहित ११ शय्याको निर्माण

Badigad Online
2 Min Read

– कौरव खत्री

बागलुङ: बागलुङको गलकोट नगरपालिका वडा नं. ५ स्थित गल्कोट नगर अस्पतालमा कोभिड-१९ को पहिलो चरणको महामारीमा स्थापना गरिएको कोभिड अस्पताललाई  स्तरोउन्नति गरी अक्सिजन सहितको  ११ शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर गलकोटमा पनि तिव्र गतिमा फैलिरहेको भन्दै गलकोट नगरपालिकाले गलकोट नगरअस्पतालमा रहेको कोभिड अस्पताल लाई स्तर उन्नति गरि ११ शैयाको अक्सिजन सहितको आइशोलेसन सहित अस्पताल  निर्माण गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो।

अस्पतालमा २ जना डाक्टर १ जना नर्स १ जना कार्यलय सहयोगी र एम्बुलेन्स सहितको सेवाको लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नं. ५ का वडा  अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो।

नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट नगरपालिकाले पनि अक्सिजन सहित को  ११  शैयाको अस्थायी कोरोना  अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा अन्यत्र गल्कोट नगर अस्पताल का प्रमुख डा . निक्सन ड्गोल ले जानकारी दिनुभयो। अस्पताल मा अहिले सानो ठूलो गरि १६ बटा अक्सिजन रहेका छन।

अस्पताल लाई आबश्यक पर्ने सिलिन्डर विभिन्न दाता हरु बाट सहयोग प्राप्त भयको छ। जस मध्ये ५ वटा ठुलो सिलिन्डर मञ्जेश बम मल्लले र अन्य ४ वटा ठुलो २ वटा सानो सिलिन्डर गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, इलाका प्रहरी कार्यलय र व्यवसायी केयरसिँह खत्री, योगेश भण्डारीको सहयोगमा संकलन गरियको थियो।

नगरपालिकाले नगरक्षेत्रमा कोरोनको गति तिव्र रुपमा फैलिरहेकोले सम्पुर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेको छ। नगरपालिकाले स्वास्थ्यमा केहि समस्या परेमा कोरोना अस्थायी अस्पतालका डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ। नगरबासीलाई स्वास्थ्यमा केहि समस्या भएमा ९८६०१५२३३३, ९८४९०२८२४०,९८५७६४०७५१ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

Author
कौरव खत्री बडिगाड अनलाइनका वरिष्ठ संवाददाता हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित