अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुको ४० हजार रुपैयाँ सहयोग

अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुको ४० हजार रुपैयाँ सहयोग

Badigad Online
1 Min Read

– हुमाकान्त पोखरेल

गुल्मी: नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुले नगद सहयोग गरेका छन्। जिल्लामा रहेका सम्पूर्ण जीवन र निर्जिवन बीमा कम्पनीहरुले एकमुष्ट रुपमा ४० हजार रुपैयाँ पत्रकार महासंघलाई हस्तान्तरण गरेका हुन्।

जिल्लामा रहेका सबै बीमा कम्पनीहरुको संस्था, गुल्मी इन्स्योरेन्स कम्पनीले ४० हजार महासंघलाई प्रदान गरेको हो। बुधबार गुल्मी इन्स्योरेन्स समितिको तर्फबाट अध्यक्ष दीपक पोखरेलको नेतृत्वमा गएको समुहले पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, समन्वय समितिका संयोजक जनार्दन घिमिरे लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

पत्रकार महासंघले संचालन गरेको अभियानमा सामाजिक उत्तरदायित्वअन्तरगत आफुहरुले सहयोग गरेको र आगामी दिनमा पनि यो अभियानमा सँगै हुने अध्यक्ष पोखरेलले बताए।

त्यसका साथै उनले अक्सिजन नपाएर बिरामीहरुको अकालमै ज्यान जाने अवस्थालाई न्यूनिकरण गर्नको लागि महासंघले संचालन गरेको अक्सिजन अभियानको प्रशंसा समेत गरे। पत्रकार महासंघका अध्यक्ष अर्यालले सहयोग गर्ने गुल्मी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिदै रकमको सही सदुपयोग गर्ने बताए।

समन्वय समतिका अध्यक्ष जनार्दन घिमिरेले महामारीमा सबैले आफूहरुको अभियानमा सहयोग गर्न आग्रह गरे। इन्स्योरेन्स समितिले गत बर्ष पनि सर्वसाधारणको लागि मास्क, सेनिटाइजर तथा ग्लोभ्ज वितरण गरेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित