– गोविन्द कंडेल
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ।
शंकास्पद लक्षण देखिएका १० जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो।
संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ की १ जना महिला, वडा नम्बर ४ का १ जना पुरुष त्यसै गरी वडा नम्बर २ का २ जना र १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो।
आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै मुसिकोट नगरपालिकामा हाल सम्म दोस्रो लहरबाट १०० जना संक्रमित भएका छन भने ३ जना संक्रमण मुक्त हुनुका साथै ३ जनाको संक्रमणका कारणले मृ’त्यु भए सङ्गै मुसिकोट नगरपालिकामा हाल कुल सक्रिय संक्रमितको संख्या ९४ रहेको बताइएको छ।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड-१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले उनिहरुको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको जि.सी.ले बताउनु भयो।
गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।