गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः संचालनमा

गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः संचालनमा

Badigad Online
1 Min Read

– हुमाकान्त पोखरेल

गुल्मी: संंचालनमा आएको पाचँ महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः संचालनमा आएको छ।

जिल्लाका पालिकाहरुको आर्थिक सहयोगमा बुधबारबाट प्रयोगशाला संचालनमा आएको हो। गत बर्षको असौज १ गतेबाट संचालनमा आएको प्रयोगशाला स्थानीय तहहरुले कबुल गरेको रकम नदिदा फागुन ८ गतेबाट बन्द भएको थियो।

अहिले पालिकाहरुले कबुल गरेको र अन्य थप रकम समेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुन :संचालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए।

अहिले प्रत्येक गाउँपालिकाले दुई/दुई लाख तथा नगरपालिकाले तीन/तीन लाख गरी कुल २६ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको पराजुलीले जानकारी दिए।

प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर संचालन हुनेछ। पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीहरुले कोभिड भत्ता र केहीले तलब-भत्ता नै पाएका थिएनन्। अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला संचालनमा ल्याइएको हो।

पहिलो दिन विभिन्न पालिकाहरुबाट एक सय जति स्वाब आउने ल्याब टेक्नोलोजिष्ट के.पी. भण्डारीले जानकारी दिए। प्रयोगशालामा दैनिक तीन सय स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित