मुसिकोटमा थप १५ जनामा कोरोना सक्रंमण पुष्टी १ जनाको मृत्यु !

मुसिकोटमा थप १५ जनामा कोरोना सक्रंमण पुष्टी १ जनाको मृत्यु !

Badigad Online
1 Min Read

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकामा आज थप १५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २१ जनामा गरिएको ऐन्टिजेन परिक्षणमा १५ जनामा सक्रंमण पुष्टी भएको हो ।

सक्रंमित हुनेमा नगरपालिकाको वडा नं २ का ६ पुरुष, वडा नं ७ का ५ पुरुष र ४ महिला र वडा नं ५ महिला रहेका छन् । उनीहरुमा सकांस्पद लक्षण देखिएपनि अवस्था भने सामान्य रहेकाले होम आईसोलेसनमा पठाईएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । यो सगैं मुसिकोट नगरपालिकामा सक्रंमितको कुल संख्या १ सय ४ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणका कारण मुसिकोटमा थप एक जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका स्थाई घर भई हाल मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बस्दै आएका ३८ वर्षीय पुरुषको मृत्यु भएको जिशीले जानकारी दिनुभयो । वैशाख २६ गते वामीटक्सार स्वास्थ्य चौकी गरिएको एन्टिजेन परिक्षणमा कोरोना भाईरसको सक्रंमण पुष्टी भएका उनी होम आईसोलेसनमा बसेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित