मुसिकोटमा थप १५ जनामा कोरोना सक्रंमण पुष्टी, १ जनाको मृत्यु

मुसिकोटमा थप १५ जनामा कोरोना सक्रंमण पुष्टी, १ जनाको मृत्यु

Badigad Online
1 Min Read

– सागर भण्डारी

गुल्मी: मुसिकोट नगरपालिकामा आज थप १५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २१ जनामा गरिएको ऐन्टिजेन परिक्षणमा १५ जनामा सक्रंमण पुष्टी भएको हो।

सक्रंमित हुनेमा नगरपालिकाको वडा नं २ का ६ पुरुष, वडा नं ७ का ५ पुरुष र ४ महिला र वडा नं ५ महिला रहेका छन्। उनीहरुमा सकांस्पद लक्षण देखिएपनि अवस्था भने सामान्य रहेकाले होम आईसोलेसनमा पठाईएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो। यो संगै मुसिकोट नगरपालिकामा सक्रंमितको कुल संख्या १ सय ४ पुगेको छ।

यसैबीच कोरोना संक्रमणका कारण मुसिकोटमा थप एक जनाको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका स्थायी घर भई हाल मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बस्दै आएका ३८ वर्षीय पुरुषको मृत्यु भएको जिशीले जानकारी दिनुभयो। वैशाख २६ गते वामीटक्सार स्वास्थ्य चौकी गरिएको एन्टिजेन परिक्षणमा कोरोना भाईरसको सक्रंमण पुष्टी भएका उनी होम आईसोलेसनमा बसेका थिए।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित