नेपाली कांग्रेस गुल्मीले जिल्ला हस्पिटललाई दियो ५० सिलिन्डर अक्सिजन

नेपाली कांग्रेस गुल्मीले जिल्ला हस्पिटललाई दियो ५० सिलिन्डर अक्सिजन

Badigad Online
1 Min Read

गुल्मी: महामारीको यो कठिन परिस्थितिमा देशैभरी अक्सिजनको अभाव भैरहदा धेरै जनाले ज्यान गुमाउनु परेको छ।

गुल्मी जिल्लामा पनि अक्सिजन अभाब भएर बिरामीको ज्यान बचाउन निकै मुस्किल भैरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गर्ने गरेका छन। जिल्लामा सक्रमितको सख्या तिब्र रुपमा बढेको र अक्सिजनको अभाब सिर्जना हुन थाले सङ्गै जिल्ला हस्पिटल गुल्मीका मे सु डाक्टर उत्तम पाच्याले सामाजिक सन्जाल मार्फत अक्सिजन सहयोग गर्न आम रुपमा अपिल गरेका थिए।

केहिदिन पहिले नेपाली काग्रेस गुल्मीले जिल्ला हस्पिटलको लागि ५० थानको लागि अक्सिजन सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। सोही अनुसार शुक्रबार जिल्ला हस्पिटललाई ५० थानको लागि पुग्ने अक्सिजन प्रादान गरेको काग्रेस गुल्मीमा सभापति भुवन श्रेष्ठले जानकारी गराएका छन।

आफू जिम्मेवार पार्टी प्रमुख भएको र यो बिपतको बेलामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै अहिले यो सहयोग गरेको साथै आगामी दिनमा समेत आफुहरुले जति सक्दो सहयोग निरन्तर रुपमा गर्ने सभापती श्रेष्ठले बताए।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरले महामारीको रुप लिदासम्म पनि नागरिकलाई अक्सिजनसम्म नपुर्याउने, आफ्नो सत्ता टिकाउने खेलमा मात्र सरकार व्यस्त भैरहेको र नागरिकको जीवन रक्षाको लागि सरकार उदाशिन देखिएको हुँदा आफ्नो पार्टीले जिम्मेवारी बहन गरेको श्रेष्ठको भनाई छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित