सामुदायिक रेडियोको कोरोना उपचार तथा सहयोग सङ्कलन अभियान

सामुदायिक रेडियोको कोरोना उपचार तथा सहयोग सङ्कलन अभियान

Badigad Online
1 Min Read

– सागर भण्डारी

गुल्मी: गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीले कोरोना उपचार तथा सङ्क्रमण रोकथामकालागि सहयोग सङ्कलन अभियान सुरु गरेको छ। पछिल्लो समय अक्सिजनकै कारण ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि रेडियोले गुल्मीमा यस्तो भयावह स्थितिको सामनाकालागि पूर्व तैयारी स्वरुप सहयोग सङ्कलन अभियान सुरु गरेको हो।

ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेकाले त्यसकालागि सहयोग सङ्कलन अभियान थालिएको रेडियोका अध्यक्ष दिनेश खातीले जानकारी दिनुभयो। सङ्कलित रकमबाट स्थानीय सरकार संग समन्वय गरी अक्सिजन सिलिण्डर खरिद गर्ने वा कोरोना बिरामीको उपचारमा अन्य आवश्यक सामाग्री खरिदकालागि प्रयोग गरिने समेत उहाँले बताउनुभयो।

यसकालागि रेडियोले गुल्मी जिल्लामा रहेका विभिन्न सामाजिक व्यक्तित्व सघंसंस्था, विदेशमा रहेका नेपाली र विभिन्न निकायहरुसगं सहयोगकालागि अपिल गरेको छ। अभियानमा अहिलेसम्म झण्डै २ लाख रुपैयाँ सहयोग सङ्कलन भईसकेको छ। सहयोग रकम सङ्कलन र व्यवस्थापनकालागि रेडियोले समितिनै बनाएर काम गरेको छ।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित