गुल्मी: बडिगाड गाँउपालिका संचालित निःशुल्क दर्ता शिबिरमा ११ सय ३ जनाले घटना दर्ता तथा सामाजिक सुरक्षाको लागि निवेदन दिएका छन।
नेपाल सरकारको निर्देशन अनुशार बैशाख ३ देखी २० गते सम्म संचालित दर्ता शिबिर अभियान अन्तरर्गत गाँउपालिकामा उक्त संख्याले निवेदन दर्ता गराएका व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा फोकल प्रर्शन सिर्जना भट्टराई खरेलले बताईन ।
टोल टोलमा संचालित शिविरमा ब्यक्तिगत घटना दर्ता अन्तरर्गत जन्म, बिबाह, बसाईसराई, सम्वन्ध बिच्छेद, मृत्यु र सामाजिक सुरक्षा कार्यक्रम अन्तरर्गत जेष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाती, बालबालिका र अशक्त अपाङ्गता भएका ब्यक्तीहरुको विवरण दर्ता गरिएको थियो।
जस अन्र्तगत बडिगाड १ तुम्डाँडामा ६६, वडा नं. २ खर्वाङमा ४९, वडा नं. ३ सिसाखानीमा ४६, वडा नं. ४ जलजलामा ५४ र वडा नं. ५ ग्वालिचौरमा १ सय १३ जनाले निवेदन पेश गरेका छन ।
यस्तै वडा नं. ६ खालमा १ सय ३०, वडा नं. ७ भिमगिठेमा २ सय २८, वडा नं. ८ रणसिंहकिटेनीमा ७९, वडा नं. ९ दर्लिङखोलामा १ सय १८ र वडा नं. १० दर्लिङमा २ सय २० गरि कुल ११ सय ३ जनाले विवरण दर्ता गराएका खरेलले बताईन ।
दशवटै वडाका विभिन्न स्थानमा सम्पन्न दर्ता शिविरमा सहभागि माध्य घटना दर्तामा सहभागि १ हजार ६२ जनालाई घटना दर्ताको प्रमाण–पत्र सोहि अवधीमा वितरण गरिएको साथै सामाजिक सुरक्षामा सहभागि ४१ जनाको विवरण अनलाईनमा अपडेट गरिसकेको पनि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा फोकल प्रर्शन सिर्जना भट्टराई खरेलले बताईन ।
बडिगाड गाँउपालिकाभर १६ सय १० विवरण दर्ता गर्ने लक्ष्य लिइएकोमा आफुहरु लक्ष नजिक पुगेको उनले बताईन । अनलाईन प्रणालिमा विवरण भरेपनि सबैले हेर्न सक्ने व्यवस्था नभएकाले विवरण हेर्न चाँहे सम्बन्धित वडामा गएर वडा सचिवलाई २ सय दस्तुर तिरेर हेर्न सक्ने पनि खरेलले बताईन।
अन्य समयमा सोहि विवरण दर्ता गर्दा शुल्क लाग्ने गरेकोमा आफ्नै टोलमा नि शुल्क विवरण दर्ता गर्नपाँउदा निकै खुशि लागेको छोरीको जन्मदर्ता गराउन उक्त शिविरमा आएका बडिगाड २ का शेरसिंह सुनारले बताए।
यसैविच व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा फोकल प्रर्शन सिर्जना भट्टराई खरेलले शिविरमा सहयाेग गर्ने सबैमा धन्यवाद व्यक्त गरिन्।