बडिगाड गाउँपालिकामा एकै परिवारका ४ जनाको कोरोनाका कारण निधन

बडिगाड गाउँपालिकामा एकै परिवारका ४ जनाको कोरोनाका कारण निधन

Badigad Online
2 Min Read

बागलुङ: बागलुङमा एकै परिवारका चार जनाको कोराना संक्रमणबाट मृ’त्यु भएको छ। वैशाख १७ गते सा’स फे’र्न अफ्ठेरो भएपछि धौलागिरी अस्पताल आएका जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका ८७ वर्षीय पुरुषको मृ’त्यु भयो। उनको मृ’त्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीन जना सदस्यले पनिका कोरोनाबाट ज्या’न गुमाएका छन्।

परिवारको जेष्ठ सदस्यको मृ’त्युको शोकमा रहेको परिवारले वैशाख ३० गते बेलुका ४० वर्षीय अर्का पुरुष सदस्य गु’मायो । उनको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको थियो । परिवारमा निरन्तर परिरहेको ब’ज्रले उनीहरु बि’छि’प्त थिए । ४० वर्षीया छोराको मृ’त्युको खबर नसु’नाएका गाउँलेले वैशाख ३१ गते विहान अर्को खबर पाए । गाउँनै शोकमा डु’व्यो । पोखराको मणिपाल शिक्षण अस्पतालमा कोभिडको उपचार गराईरहेका बृद्धका अर्का ५१ वर्षीय छोराको पनि मृ’त्यु भयो।

एकै पटक छोराहरुको मृ’त्यु खबर पाएकी आमा अझै बि’छि”प्त छिन् । परिवारमा ब’ज्र’पा’त रोकिएको छैन । सोही परिवारकी चेली बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालिचौरकी ५३ वर्षीया महिलाले शनिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्या’न गुमाईन् । उनको पनि मृ’त्युको मुख्य कारण कोरोना भाईरस नै हो । अस्पतालका अनुसार शनिवार दिउँसो उनको कोभिड–१९ र नि’मो’नियाका कारण मृ’त्यु भएको हो ।

वैशाख ११ गतेको भो’ज खाएकाहरुमा साता दिन भित्र ज्व’रो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि थप परीक्षण भएको छैन। तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका मात्रै छैनन्।

बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृत्यु भैसकेको छ। अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बि’रामी परेको स्थानीयले बताए । जलजगा गाउँका अधिकांश स्थानीयहरुमा कोरोनाको शं’का’स्पद लक्षण देखिएको छ।

गाउँपालिकाले उनीहरुको परक्षणलाई ती’व्रता दिएको छ। गाउँमा संक्रमितहरुको निरन्नतर मृ’त्यु भएपछि सिंगो गाउँदै त्र’सि’त बनेको छ। गाउँपालिकाले संक्रमण रोक्नका लागि तयारी तीव्र पारेको छ।

ढोरपाटन अनलाइनबाट साभार ‌

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित