गुल्मीमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु

गुल्मीमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु

Badigad Online
2 Min Read

गुल्मी: गुल्मीमा कोरोना संक्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृत्यु भएको छ।

जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ बर्षकी महिलाको तम्घास अस्पताल, रेसुंगा एककी ६६ बर्षकी महिलाको चितवन मेडिकल कलेज चितवन, रेसुंगा नगरपालिका १२ का २७ बर्षका पुरुषको उपचारका क्रममा पाल्पा लैजादै गर्दा एम्बुलेन्समै मृत्यु भएको र रेसुंगा ७ का ६४ बर्षका पुरुषको चितवनमै उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङका ५१ बर्षका शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ मा रहेको जिवनोद्धार माध्यमिक बिद्यालयका शिक्षक हुन।

सत्यवती गाउँपालिका वडा नम्बर ७ का ८० बर्षका पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका वडा नम्बर ३ का ८१ बर्षका पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर २ का ३२ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ बर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको कार्यालयले जनाएको छ।

गुल्मीमा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको र अहिले सक्रिय संक्रमितको संख्या ९ सय ३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्कीले जानकारी दिए। गुल्मीमा हालसम्म २ सय ६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन्।

खबरमार्केट डट कम बाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित