बडिगाड गाउँपालिकामा थप ३० जनामा कोरोना पुष्टी

बडिगाड गाउँपालिकामा थप ३० जनामा कोरोना पुष्टी

Badigad Online
1 Min Read

– सागर भण्डारी

गुल्मी: बाग्लुङको बडिगाड गाउँपालिकामा थप ३० जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार वैशाख ३० गते ४९ जनाको नमुना स्वाव परिक्षणका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ पठाईएकोमा ३० जनामा सक्रंमण पुष्टी भएको हो।

सक्रंमित मध्ये वडा नं १ का ३ जना, वडा नं २ का ७ जना, वडा नं ४ का ३ जना, वडा नं ५ का ५ जना, वडा नं ६ का १ जना वडा नं ७ का २ जना वडा नं ८ का १ जना र वडा नं ९ का ४ जना रहेका छन्। सक्रंमण पुष्टी हुनेमा २५ जना पुरुष र ६ जना महिला रहेका छन्।

यो सगैं गाउँपालिकामा नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमितको कुल संख्या ६८ पुगेको छ। जसमध्ये ८ जनाले ज्यान गुमाएका छन्। भने केही सक्रंमितहरु निको भएका छन्। आईतबार मात्रै २ जनालाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बाग्लुङ रिफर गरिएको छ।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित