नेपाल विद्यार्थी संघ, गुल्मी द्वारा ‘हेलो नेवि संघ, गुल्मी’अभियान संचालन

नेपाल विद्यार्थी संघ, गुल्मी द्वारा ‘हेलो नेवि संघ, गुल्मी’अभियान संचालन

Badigad Online
2 Min Read

गुल्मी: नेपाल विद्यार्थी संघ गुल्मीले कोरोना महामारीका बिच विपत्तिमा सहयोग गर्ने भन्दै “कोरोना महामारीमा हामी तपाइँ संगै” भन्ने नाराका साथ “हेलो नेवि संघ गुल्मी” अभियान संचालन गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ समाधानको सारथी बन्नको लागि यस्तो अभियान संचालन गरिएको नेविसंघ गुल्मीका सभापति पाण्डेले नबखबरलाई जानकारी दिनुभयो।

पछिल्लो समय आर्थिक रुपमा सहयोग गर्ने सहयोगीहरुको भीड नै लागेपनि भौतिक रुपमा प्रत्यक्ष रुपमा भौतिक उपस्थिति देखाएर सहयोग गर्नको लागि आम नागरिकहरुमा त्रासको स्थिति पैदा भएको र घरभित्रै बसेर सिमित हुनुपर्ने अवस्था सिर्जना भएकोले यस्तो अवस्थामा नेविसंघ गुल्मीले भौतिक उपस्थितिको साथै हेल्प डेस्कको रुपमा काम गर्न चाहेको सभापति पाण्डेको भनाइ छ।

गुल्मी जिल्लामा यतिबेला अक्सिजन लगायत आइसुलेसन सहितका उपचार कक्ष स्थापना समेत भैसकेको अवस्थामा उक्त सेवा लिनको लागि कोहि,कहिँ,कतै विरामी परेको र सेवाको लागि अलमल परेको खण्डमा नेविसंघले त्यसलाई समन्वय गर्ने जनाएको छ

नेविसंघले आफ्नो संगठन विस्तारको क्रममा गाउगाउ पुगेकोले हरेक ठाउमा परिचय भएका प्रतिनिधिहरुलाई गाउ र नगरपालिका लगायत जिल्लामा सम्पर्क व्याक्ति तोकेर सहयोग अभियान संचालनमा ल्याएको हो। जसको नाम,जिम्मेवारी तोकिएको ठाउ र सम्पर्क नम्बर निम्नानुसार तोकिएको छ। विपतमा उहाहरुलाई समन्वयको लागि सम्पर्क गर्न नेविसंघले अनुरोध गरेको हो।

नेपाल विद्यार्थी संघ सुख दुखको साथी हो भन्ने महशुस हुने गरि विगत देखि नै सामाजिक तथा रचनात्मक काम गर्दै आएको नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सुदर्शन खनालले प्रतिक्रिया दिनुभयो ।

खनालले विगतलाई स्मरण गर्दै भन्नुभएको छ “भुकम्पमा फोक्सिङ,आगलागीमा दजाकोट, बाढीपहिरो लगायतलाई उठाउनमा सहयोगी बनेको नेपाल विद्यार्थी संघ, गुल्मी यो महामारीमा पनि उत्तिकै सहयोगी साबित होस। यथास्थानमा नेबिसँघका साथीहरूमार्फत समस्याको सञ्चार गर्नुहोला। सम्पर्क गर्नुहोला। हेल्प डेस्कको सफलताको शुभकामना।”

साथै नेविसंघ गुल्मीले यो विपतमा सबैलाई सुरक्षित रहनको लागि सावधानी उपनाउन पनि अनुरोध गरेको छ। आफु सुरक्षित रहदै विपतमा परेकालाई मानवीय भावनाले सक्दो सहयोग गर्न पनि संघले आग्रह गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित