– अनिश पाठक
बागलुङ: नयाँ भेरियन्ट सहितको कोभिड-१९ को दोश्रो लहरको संक्रमणको कारण जिल्लाको बडिगाड गाँउपालिका आक्रान्त बनिरहेको छ। परीक्षण गरेकामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भईरहेको छ।
आईतबार पिसिआर परिक्षण गरिएका ४९ जना मध्ये ३० जनामा संक्रमण पुष्टि भयो। गाउँपालिकामा कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन भने ६८ संक्रिय संक्रमित रहेका छन्। संक्रमण फैलिएकै गतिमा गाउँपालिका पनि रणनीति बनाएर रोकथाम तथा नियन्त्रणमा लागेको छ।
३० बेड सहितको अक्सिजन आईसोलेसन
गाँउपालिकामा संक्रमण बढ्दै जानथालेपछि पालिकाका २ स्थानमा गरि बडिगाड गाँउपालिकाले ३० बेड सहितको अक्सिजन आईशुलेसन तयार गरेको बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताउनुभयो।
बडिगाड गाँउपालिका-२, खर्बाङमा रहेको त्रिभुवन नमुना माविमा २० बेड र बडिगाड गाँउपालिका वडा नं. ५ खौलारमा रहेको कराते कर्वडहलमा १० बेडको आईशुलेसन तयार भएको जानाकारी दिनुभयो खर्बाङमा निर्माण गरिएको आईसोलेसनमा १ जना चिकित्सक, १ जना हेल्थ असिस्टेन्ट र नर्सलगाएतका स्वास्थकर्मी खटाईएको छ।
तयारी अवस्थामा ३ वटा एम्बुलेन्स
जेठ १ गते कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएका बडिगाड ४ का एक पुरुषको ज्यान गएपछि विरामिको तत्काल उद्धारको लागि गाँउपालिकामा रहेका एम्बुलेन्स बडिगाड गाँउपालिकाले तयारी अबस्थामा राखेको छ।
लामो समयदेखि निमोनिया रोगबाट ग्रसित ५९ वर्षका ति पुरुषलाई अस्थाई कोभिड १९ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु गएको थियो। गाँउपालिकामा रहेका ३ वटा एम्बुलेन्स मध्ये अहिले २ वटा एम्बलुलेन्सलाई गाँउपालिकाले तयारी अबस्थामा राखेको छ ।
“गाँउमा तत्काल गाडिको सुविधा पाउन मुस्किल हुन्छ, जसले गर्दा बिरामीलाई समयमै अस्पतालसम्म पुर्याउन सकिदैन” गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक तथा जनस्वाथ्य निरिक्षक चुडाँमणि कंडेलले, बिरामीलाई समयमै अस्पताल पुर्याएर उपचार सुरु गर्न सकियोस भन्नका लागि एम्बुलेन्स स्टन्डवाई राखिएको बताउनुभयो।
पालिकाका सबै स्वाथ्य चौकिमा पुग्यो स्वाथ्य सामाग्री
बडिगाड गाँउपालिकाका अधिकांश वडामा कोरोना संक्रमित देखिन थालेपछि गाँउपालिकाले प्रत्येक वडाका रहेका स्वाथ्य चौकिमा स्वाथ्य सामाग्री पुर्याएको छ। बडिगाड गाँउपालिकाका भित्रका १५ वटै स्वाथ्यचौकिमा माक्स, स्यानिटाईजर, सिटामोल, एजित्त्रोमाईसिन, मल्टिभिटामिन लगायत औषधी साथै पन्जा, बुट समेत वितरण गरेको जनस्वाथ्य निरिक्षक चुडाँमणि कंडेले जानाकारी दिनुभएको छ ।
यसैबीच गाउँपालिकामा कोभिड नियन्त्रण तथा रोकथामका लागि विभिन्न दाताहरुबाट सहयोग प्रदान गरिएको छ ।
बडिगाड गाँउपालिकाका कर्मचारी राजन पाईजालाई रोजगारिको सिलसिलामा कोरिया रहेका बडिगाड– ४ कै लाल बहादुर छन्त्यालको नेतितृवमा संकलित ३० हजार ६ सय ६३ रुपैया सहयोग भएको हो । उक्त रकमले पीपिई खरिद गरि जलजला स्वास्थ्य चौकीलाई उपलब्ध गराई सकेको पाईजाले बताउनुभयो ।
आवतजावत बन्द गर्न सिमानाकामा कडाई
गाँउपालिका प्रवेश गर्ने नाकाको रुपमा रहेको बडिगाड– २ हाडिखोलामा निगरानी बढाइएको छ । जहाँ बडिगाडले अस्थाई प्रहरी बिट समेत स्थापना गरेको छ । खर्वाङ प्रहरी चौकिको मातहतमा रहनेगरी उक्त विट स्थापना गरिएको गाँउपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताउनसभयो ।
अत्यावश्यक, निमार्ण सामार्गि, र खाद्यान्न बोक्ने सावारी बाहेक अन्य सवारीमा निगरानि बढाईएको खर्वाङ प्रहरी चौकिका प्रहरी नायब निरीक्षक अनुप केसीले बताउनुभयो । गलकोट नगरपालिका साथै गुल्मीको मुसिकोट नगरपालिका संग जोडिएको उक्त क्षेत्र भएर दैनिक ३०–४० यात्रु काम विशेषले ओहोरदोहोर गर्ने गरेको उहाँले जानाकारी दिनुभएको छ ।
शंकास्पद लक्षण देखिएकालाई तत्काल पिसिआर परिक्षण
कोरोनो कहरको दोस्रो लहर समुदाय स्तरसम्म देखिएपछि बडिगाड गाँउपालिकाले करिब एक सय पचास जना भन्दा बढीको स्वाव संकलन गरेको छ । गाँउपालिकाका जनस्वाथ्य निरिक्षक कंडेलका अनुसार बडिगाड गाउँपालिका मात्र नभएर अन्य पालिकाका नागरिकको समेत पालिकाबाट परिक्षण गरिएको हो ।
सो अवधिमा पालिकामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएका साथै संकास्पदको परिक्षण गरिएको हो । कोरोनाको बढि संक्रमण देखिएको बडिगाड–४ जलजला सहित विभिन्न वडामा परिक्षण गरिएको कँडेलले बताउनुभयो । साथै परिक्षण गर्न बाँकि वडा नं. ३, ८ र १० सहित जलजलालाई प्राथमिक्तामा राखेर पुन केहि स्वाब संकलनमा बडिगाड लागेको छ । लक्षण देखिएका वा संकास्पदहरुको पालिकाले तत्काल स्वाब संकलन गरिरहेको बताईको छ।
ढोरपाटन अनलाइनबाट