गुल्मीमा अज्ञात राेगका कारण लाेकल कुखुरा मर्न थाले

गुल्मीमा अज्ञात राेगका कारण लाेकल कुखुरा मर्न थाले

Badigad Online
2 Min Read

गुल्मी: आयआर्जनको राम्रै श्राेत मानिएकाे लाेकल कुखुरा पालन तर्फ आकर्षित रुरुक्षेत्र गाउँपालिकाका किसानहरु पालेका कुखुरा भटाभट मर्न थाले पछि यतिबेला पिडामा छन।

चैत्रकाे पहिलाे हप्ता देखि याे क्षेत्रका कुखुरापालक किसानहरुले पालेका लाेकल कुखुरा मर्न थालेका हुन। ‘खाेर भरी लाेकल कुखुरा थिए। मरेर सबै सकिए। खै! के राेग हाे थाहा भएन।’ रुरुक्षेत्र गाउँपालिका-१ का शिव ज्ञवालीले भन्नुहुन्छ, ‘झाेँक्य्राउँछन केही खान्नन अनि भुतुक्क हुँदै मर्छन।’ अाफ्ना मात्र तीस भन्दा बढि लाेकल कुखुरा मरेकाे ज्ञवालीकाे भनाई छ।

त्यसाे त रुरुक्षेत्र १ काे स्यालपाेखरी क्षेत्रका कुखुरापालक किसानका दर्जनौँ लाेकल कुखुराहरु अज्ञात राेगले मरेका छन। गाउँ घरमा सामान्य घर खर्च चलाउन र घरमै लाेकल अण्डा साथै कहिलेकाहीँ मासुले मुख फेर्न रुरुक्षेत्रका किसानहरुले घरैपिच्छे लाेकल कुखुरा पाल्ने गरेका छन। गाउँघरमा अाउने मुसाफिरहरुकाे खान्कीकाे पहिलाे राेजाइमा लाेकल कुखुरा हुने गर्छ भने केही समुदायमा पाहुना आउँदा लाेकल कुखुराे काटेर पाहुनालाई स्वागत गर्ने चलन छ।

कुनै समुदायमा आफन्त छाेरी ज्वाइँ भेट्न जाँदा लाेकल कुखुराे पाहुरकाे रुपमा लैजाने चलन पनि छ। परम्परागत रुपमा गाउँ घरमा क्षत्री, मगर र दलित समुदायमा लाेकल कुखुरा पाल्ने चलन भए पनि पछिल्लो समयमा ब्राम्हणहरुले पनि लाेकल कुखुरा पालनलाई व्यावसायिक बनाएका छन।

लाेकल कुखुराको बजार मूल्य प्रतिकिलो ७ सय पर्छ भने गाउँघरमा अाउने पारखीहरुले लाेकल कुखुरालाई जति रकम पनि हालेर खाने गरेका छन। यसैले पनि लाेकल कुखुरापालनमा आकर्षित यसक्षेत्रका कुखुरापालक हरु लाेकल कुखुरामा लाग्ने अज्ञात राेगका कारण व्यवसायिक घाटा ब्यहोर्न बाध्य छन।

युनिक खबरबाट सम्पादन सहित साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित