गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले जिते कोरोना

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले जिते कोरोना

Badigad Online
1 Min Read

गुल्मी: गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन। रेसुङ्गा नगरपालिका-४, अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन्।

२०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए। कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने भण्डारीले बताए।

कोरोना संक्रमण पुष्टि भएको २० दिनपछि उनी संक्रमणमुक्त हुन सफल भएका हुन्। आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर निर्देशन पालना गरेर कोरोना संक्रमणमुक्त भएको भण्डारीले बताए।

भण्डारीले कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको संक्रमणबाट आक्रान्त हुँदा बाँच्ने झिनो आशा बोकेर संघर्षको मैदानमा होमिएँ।’

‘अनि करिब २० दिनको एकान्तबासमा सहभागी भए। त्यो समय मेरा लागि एक वर्षभन्दा नि लामो भयो,’ भण्डारीले भने, ‘घरिघरिको त्यो पीडा सहन नसकेर छट्पटिइरहँदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डाक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाँको निर्देशन निरन्तर फलो गर्न थाले।’

कोरोना रिपोर्ट नेगेटिभ आएपछि गाउँ छिमेक सबैमा खुसीयाली छाएको उनले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित