बागलुङ: नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण बढ्दै गएको बेला रोकथाम र विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गर्ने उद्देश्यले खाडीमा रहेका बडिगाडवासीहरुले १ लाख रुपैयाँ पठाएका छन्।
कोरोना महामारी बढ्दै जान थालेपछि अग्रपंक्तिमा नागरिकको सुरक्षामा ज्यानको बाजी लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सरोकारवाला र सम्पूर्ण गाउँवासीहरुलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्ने उद्धेश्यले उनीहरुले १ लाख चार सय छपन्न रुपैयाँ सकंलन गरेर पठाएका हुन्। बडिगाड गाउँपालिका, वडा नं. ८ साविकको रणसिङ्गकिटेनी ४ नेपाने स्थायी घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुले सहयोग सकंलन गरि पठाएका हुन्।
उक्त रकम उनीहरुले राजन पाईजालाई पठाएका हुन्। कतारमा रहनुभएका प्रेम श्रीस ज्जूको पहलमा प्रेम श्रीस, नीम प्रसाद श्रीस,ज्ञान श्रीस, सविन बोहोरा, मेख प्रसाद श्रीस,नेत्र प्रसादद सुनार,हेम प्रसाद सुनार, खिम राम्जाली र दिपक पुन लगायतले रकम सकंलन गरि पठाएको पाईजाले जानकारी दिनुभयो।
उक्त रकमबाट गाउँपालिकामा आवश्यक पीपीई, सेनिटाईजर, मास्क, औषधी लगायतका अन्य स्वास्थ्य सामाग्री खरिद गरी गाउँबासीहरुलाई वितरण गरिने बताईएको छ। आफ्नो परिश्रम र मेहनतले आर्जित रकमबाट केही रकम पठाएर गाउँबासीको स्वास्थ्य प्रति चासो देखाएको भन्दै पाईजाले सम्पूर्ण सहयोगीलाई धन्यवाद समेत दिनुभएको छ।
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।