गुल्मी: मुसिकोट नगरपालिकामा आज थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। वामीटक्सार स्वास्थ्य चौकीमा गरिउको एन्टिजेन परिक्षणमा थप एकजनामा सक्रंमण पुष्टी भएको नगरस्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो। सक्रंमित वडा नं २ की महिला रहेकी छिन्।
यसैबीच आज ७ जना सक्रंमित निको भएका छन्। कोरोना सक्रंमण पुष्टी भएपछि होम आईसोलेसनमा बसेका उनी निको भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। सक्रंमण मुक्त हुनेमा वडा नं ७ का ३ पुरुष, वडा नं ८ का १ पुरुष र वडा नं ६ का २ महिला र १ पुरुष रहेका छन्।
मुसिकोट नगरपालिकामा कुल सक्रंमित १ सय ३५ जनामध्ये अहिलेसम्म ४९ जना सक्रंमण मुक्त भएका छन्।
Badigad Online