कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ। शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर। यसलाई कसरी प्रयोग गर्ने? कहिले गर्ने? यसबारे भने जानकारी हुन जरुरी छ। यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग सही रुपमा गरिरहनुभएको त छ?
चिकित्सकहरुको अनुसार यसको प्रयोग तब मात्र गर्नु उचित हुन्छ, जब पाँच दिनसम्म तपाईंको स्वास्थ्य अस्थिर हुन्छ। यस्तो स्थितिमा पल्स अक्सिमिटिर प्रयोग गर्न सकिन्छ।
कसरी प्रयोग गर्ने?
- अक्सिमिटरलाई दिनहुँ प्रयोग नगरौँ।
- यदि नेल पोलिस लगाउनुभएको छ भने त्यसलाई हटाउनुहोस्।
- एउटै हातको औलामा मात्र नभई हातको अर्को औँलामा पनि मीटर लगाएर जाँच गर्नुहोस्।
- दुई तीन पटक परीक्षण गर्दा जुन सबैभन्दा बढी रिडिङ आउँछ, त्यसैलाई सही मान्नुहोस्।
यो तरिका पनि उचित हुन्छ:
- करिब ७ मिनेटसम्म हिँडडुल गरौँ। यसपछि अक्सिमिटरको प्रयोग गरेर लेभल जाँचौँ।
- यदि हिँडडुल गरेपछि अक्सिमिटरमा अक्सिजनको लेभल चार प्रतिशतसम्म कम देखियो भने बाँकी परीक्षण जरुरी हुन्छ।
- यदि हिँडडुलपछि लेभल ९४ माथि आउँछ भने चिन्ता गर्नुपर्ने केही छैन, तपाईं ठीक हुनुहुन्छ।
संक्रमणलाई सही ढंगले पहिचान गर्नका लागि:
- आफ्नो लक्षणमा ध्यान दिनुपर्छ।
- आराम गर्नुपर्छ।
- राम्रो डाइट लिनुपर्छ।
- नआत्तिनुहोस्।
- यी सबै हुँदाहुँदै पनि अस्वस्थ महसुस गरिरहनुभएको छ भने चिकित्सकसँग भेट्नुपर्छ।
Badigad Online