गुल्मी: कोरोना सक्रंमण दर समुदाय स्तरमा व्यापक रुपमा सक्रंमण बढ्न थालेको र अक्सिजनको अभाव भएको समाचार आउन थालेपछि बडिगाडका युवाहरु एक जुट भएका छन् । वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका र स्वदेशका विभिन्न स्थानमा रहेका युवाहरुले जुम मिटिङको आयोजना गरी सहयोग सकंलन गरी गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर पठाएका छन् ।
बडिगाड गाउँपालिका जन्मथलो भई हाल बुटबलमा बसोबास गर्दै आउनुभएका विभिन्न सामाजिक सघंसंस्थामा आबद्ध दिपक भट्टराईको पहलमा स्वदेश तथा विदेशमा रहेका बडिगाडका युवाहरुको सहयोगले गाउँपालिकालाई अक्सिजन पठाईएको हो । गाउँपालिकाको अवस्था जिल्लामै सबैभन्दा भयावह भएको भन्ने खबर पाएपछि देश तथा विदेशमा रहेका साथीहरुसगं सहयोग जुटाएर अक्सिजन सिलिण्डर वितरण गरिएको उहाँले बताउनुभयो।
अक्सिजन सिलिण्डर र सहयोग जुटाउनका लागि जन्मथलो बडिगाड र पौँदी आसपास भई हाल जापानमा रहनुभएका सहयोगी मनहरुसगं समन्वय व्यवसायी मोहन घिमिरेले गर्नुभएको थियो । उक्त अभियानमा दिपक भट्टराई, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी,रोजन घिमिरे,वकिल जिसी,धनिश्वर अर्याल,राजन केसी र शकंर घिमिरे लगायतले सहयोग गर्नुभएको थियो ।
गाउँपालिकाबाट देश तथा विदेशमा रहेका युवाहरुले अफ्ट्यारोको समयमा गरेको सहयोगले धेरैको ज्यान जोगाउन सहयोग पुग्ने बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले बताउनुभयो।