बाग्लुङ: नेपाली काँग्रेसको पहलमा बडिगाड गाउँपालिकालाई ३ थान अक्सिजन कन्सनट्रेटर मेसिन पठाएको छ। नेपाली काँग्रेसमा आवद्ध क्रियाशील सदस्य र विभिन्न नेताहरुले आफैले सहयोग सकंलन गरी ३ थान कन्सन्ट्रेटर मेसिन पठाईएको र आईतबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसकी नेतृ गण्डकी थापाले जानकारी दिनुभयो।
देश विदेशमा रहेका काँग्रेसमा आवद्ध र शुभेच्छुक सघं संस्थाहरुको सहयोगमा उक्त मेसिन गाउँपालिकामा आएको र आईतबार गाउँपालिकालाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो। साथै कोरोनाको सक्रंमण दर घट्दै गएपछि उक्त मेसिन मध्ये १ थान मेसिन भिमगिठे स्वास्थ्य चौकीलाई र २ थान ग्वालिचौर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।
आगामी दिनमा हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गरेर अक्सिजन अभावकै कारण असहज परिस्थिति सिर्जना नहोस भनेर उक्त मेसिन पठाईएको बताईएको छ। यस कार्यमा दुर्गा घिमिरे विष्णुको समन्वयकारी भूमिका रहेको थियो।