फाइल फोटो
गुल्मी: गुल्मीमा एक गर्भवती महिला सहित बिहीबार चार जना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर चारकी २१ बर्षकी सात महिनाकी गर्भवती महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। उनमा जेठ ९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो।
यस्तै सोही गाउँपालिका वडा नम्बर दुईकी ६५ बर्षीय महिलाको पनि उपचारको क्रममा प्रभासमा नै मृत्यु भएको छ । उनमा जेठ ५ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो।
यस्तै सोही गाउँपालिका वडा नम्वर ६ का ५७ बर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनमा बैशाख १९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो। रेसुंगा नगरपालिका वडा नम्वर दुईका ८० बर्षीय वृद्धको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए। उनमा बैशाख ३० गते कोरोना पोजेटिभ देखिएको थियो। यो संगै गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ७८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। हालसम्म एक हजार १२४ जना संक्रमित निको भएकाे समाचार खबर मार्केटमा छ।