गुल्मीमा १० बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ बर्षीय पुरुष पक्राउ

गुल्मीमा १० बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ बर्षीय पुरुष पक्राउ

Badigad Online
1 Min Read

गुल्मी: गुल्मीमा १० बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्वर दुइकी १० बर्षीय बालिकालार्ई १९ बर्षीय पुरुषले बुधबार स्थानीय जंगलमा जबरवस्ती करणी गरेको बच्चाहरुले देखेपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जवरजस्ती करणी भएको बच्चाहरुले देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेपश्चात आरोपीत पुरुषलाई प्रहरीले पक्र्राउ गरेको छ। आरोपीत पुरुषले यस अगाडी पनि पटक पटक जबरजस्ती करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

आरोपीत पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको पाण्डेले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खबर मार्केट डटकममा यो समाचार प्रकाशित छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित