गुल्मी: नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तर्गत विपद व्यवस्थापन समितिले अस्पतालमा कोरोना सक्रंमण भएर उपचार गराईरहेकी एक युवतीलाई आर्थिक सहयोग गरी उद्धार गरेको छ। समितिले कोरोना सक्रंमण भएर उपचार गराईरहेकी र आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य मुसिकोट नगरपालिकाकी एक युवतीलाई आर्थिक सहयोग गरी उद्धार गरेको हो।
केही समयदेखि काठमाण्डौको एक कफी सपमा काम गर्दै आएकी मुसिकोट नगरपालिका वडा नं २ बौआकी रिता क्षेत्रीलाई कोरोना सक्रंमण भएपछि शिथिल भएपछि सडकमा छट्पटाई रहेको देखेर एक फाउण्डेसनले अस्पतालसम्म पुर्याएको थियो। तर त्यहाँ उनको उपचारका लागि आर्थिक अभाव भएको र घरको अवस्था पनि कमजोर भएको थाहा पाएपछि विपद व्यवस्थापन समितिका सयोंजक योगराज कडेंलको पहलमा देश तथा विदेशमा सहयोग सकंलन गरी उनको उद्धार गरिएको हो।
उनको अवस्थाका बारेमा आशिका तामाङ्ले फेसबुकमा राखेको र काठमाण्डौमा बसोबास गर्दै आउनुभएकी गुल्मीकी सिता पन्तले पनि आफुलाई जानकारी गराएपछि तत्कालै सहयोग सकंलन गरी उनलाई नगद रु ५०,००० आर्थिक सहयोग गरी उनको उद्धार गरी घर पठाईएको कडेंलले जानकारी दिनुभयो।
१४ मे देखि उपचार गराईरहेकी उनको १२ औँ दिनमा विभिन्न व्यक्तिहरुको सहयोगमा उद्धार गरिएको उहाँले बताउनुभयो। बहिनीको उपचार भईरहेको र आर्थिक अवस्था कमजोर भएपछि घर परिवारले समेत उद्धार गर्ने स्थिति नभएको थाहा पाएपछि आफुहरुले सहयोग सकंलन अभियान सुरु गरी केही नगद र केही चेक उनलाई हस्तान्तरण गरी उद्धार गरी गुल्मी पठाईएको कडेंलले जानकारी दिनुभयो। उहाँले विपदको समयमा एकजुट भएर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।