जीवन पाण्डे, बाग्लुङ्ग, २० असार – गत बर्ष जन धन को क्षेती र त्रासकै कारण तुरुक्कै रुहाएको तुरतुरे ताल एबम त्यस क्षेत्रले यस बर्षपनी रुहाउन थालीसकेको छ । असार १९ गते राती तुरतुरे तालको केही मिटर तल पहिरो झरेको छ । पहिरो मध्यपहाडी लोकमार्गको बिच भागबाट झरेको हो । पहिरो जादा विद्युतको केन्द्रिय प्रसारण लाइनका पोल एबम तारहरु क्षेद विच्छेद भएका छन । यसो हुदा केही समय लोकमार्ग अबरुद्द भएको हो । पोलहरु ढल्दा तार यत्र तत्र छरिदा मध्यपहाडी लोकमार्गमा हिड्ने लामो दुरिका ठुला सवारी साधनहरु एबम साना बिभिन्न सवारी साधन केही समय रोकिएका हुन ।
बिहान ५:३० बजे मर्निङ वाक गर्न निस्किएका प्रहरीले सो घटना देखेपछी लोकमार्ग भरि छरिएको तार काटेर सवारी साधन पास गराएको बडिगाड -०७, का प्रहरी नवराज ढकालले जानकारी दिनुभयो । पहिरो बिस्तारै निरन्तर खसी राखेको छ । मध्यपहाडी लोकमार्ग नै पुरै चर्किएको र यदि निरन्तर पहिरो खसि राख्यो भने केही समय पछि उक्त ठाउको लोकमार्गमा गाडी चल्न योग्य नहुने प्रहरिले अनुमान गरेको छ ।
गत बर्ष भदौ २९ गते राती करिव ११:४५ बजे करिव ५०० मिटर माथिबाट भिषण पहिरो आउदा बडिगाड खोला करिव ६ घण्टा थुनिएर तुरतुरे ताल बनेको थियो । लगभग ३०० मिटर लामो प्राकृतिक ढुङ्गे ड्याम हुदा त्यसले बर्षे खोला पनि थेग्न सक्ने पुर्व अनुमान गरि ताल फुटाउने काम गरिएन । उता तुरतुरे पहिरोको केही भाग माथी चर्किएको पहाड गत बर्ष देखिनै रहेको र यता भने तालको केही मिटर तलबाट यसरी पहिरो जाँदै गर्दा थप जोखिम हुन सक्ने अनुमान गर्न सकिन्छ ।
तुरतुरे क्षेत्र, बडिगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सङ्गम स्थल हो । माथिबाट पहिरो आए ढोरपाटन नगरपालिकाको भाग डुवानमा पर्ने यता पहिरो केहिगरी फुट्न गएमा बडिगाड लगायत गुल्मिका तटिय क्षेत्रमा ठूलो क्षेती पुग्ने देखिन्छ ।
यश घटनाका थप तस्बिरहरु हेर्न “बडिगाड Online” नामक फेसबुक पेजमा जानुहोला ।