मध्यरातमा ठाडो खोला आएर खाल बजार नै जागाराम, राक्सेमा पनि सोही समस्या ।

मध्यरातमा ठाडो खोला आएर खाल बजार नै जागाराम, राक्सेमा पनि सोही समस्या ।

Badigad Online
2 Min Read

जीवन पाण्डे, बाग्लुङ्ग, असार २४ – जिल्लाको पश्चिम क्षेत्र बडिगाड गाउपालिका -०६ खाल बजारमा गए राती घ्वाङ खोला नामक ठाडो खोला आउदा १ घर एबम एक सौचालय पुरेको छ भने तीन घर उच्च जोखिममा रहेका छन । खोला गएराती करिव १२ बजेदेखी आउन सुरु गरेको थियो । बेलुका देखिनै पानी परेको र राती आकशको पनि बढेकोले उक्त खोला आउदा आसपासका स्थानिय जागाराम बसेको बताउछन ।

ठाडो खोला अन्य समयमा नगन्य अवस्थामा बगे पनि वर्षायाममा यसले खालबजार बासिलाइ त्रास दिने गर्दछ । आर्थिक बर्ष २०७५/०७६ को बजेटले खाल बजारको सिधा माथी पर्ने बडिगाड -०६ कै सुडकुडे जाने मटरबाटो निर्माण निर्माण गरिएको थियो । बाटो खन्दा ढुङ्गा एबम माटो उक्त ठाडो खोलामा पर्न गएको कारणले सोही ढुङ्गा ढुङ्गा माटो अहिले बगाएर ल्याएको स्थानियले बताएका छन । ठाडो खोलाका कारण मध्यपहाडी लोकमार्ग पुर्ण अवरुद्द भएको थियो । सोही कुरा गाउपालिकालाई जानकारी भएपछी बिहानै गाउपालिकाद्वारा जेसिवी प्रयोग गरि मध्यपहाडी लोकमार्ग खुलाइएको हो ।

यता भने ठाडो खोला आएर बैशाख देखि नै त्रसित भइरहेका स्थानिय ले गाउपालिका बाट आइ बाटो मात्र खोल्ने काम गर्ने तर आफुहरुलाइ कुनै कुराबाट सम्बोधन नगर्ने हुनाले बाटो खुलाउन गएका प्राविधिक लगायतका टोलि सङ्ग चर्काचर्की गरेका थिए । आफू त्रासबाटै नसुती बस्नु परेको बेला न वडा कार्यलय ले हेर्छ न गाउपालिका ले हेर्छ भन्दै बाटो खुलाउने क्रममा विवाद गरेका थिए ।

वडा कार्यलयसङ्ग भइपरि हुदाको लागि बजेट छुट्याएर राख्ने नीति नभएको र त्यसको लागि गाउपालिका ले नै हेर्नुपर्ने बडिगाड -०६, का वडाध्यक्ष मौसम काजी क्षेत्रीले जानकारी दिनुभयो । यता गाउपालिकाले भने स्टिमेट बनाएर मध्यपहाडी लोकमार्गलाई बुझाइ लोकमार्गबाट काम हुने कुरा बताएको छ ।

बिकाशको काम गर्दा बिनाशको परिकल्पना गर्न नसक्दा कतिपय स्थानका विभिन्न जनताले सास्ती भोगेको कुरा छर्लङ्ग देख्न सकिन्छ । त्यस्तै बडिगाड गाउपालिका -०२, राक्सेमा पनि बाटोकै कारण गेग्रेटो सहितको ठाडो खोला आउदा मध्यपहाडी लोकमार्ग,घर,खेत लगायतका कुराहरुमा ठूलो क्षेती भएको छ भने स्थानिय कतिदिन जागाराम बसेको पीडा सुनाउछन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित