ग्लोबल आईएमई बैंक द्वारा अक्सिजन कन्सन्ट्रेटर र थर्मल गन प्रदान

ग्लोबल आईएमई बैंक द्वारा अक्सिजन कन्सन्ट्रेटर र थर्मल गन प्रदान

Badigad Online
2 Min Read

– सागर भण्डारी

गुल्मी: ग्लोबल आईएमई बैंकले गुल्मीका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ। बैंकले बुधवार मुसिकोट नगरपालिकालाई ४ थान अक्सिजन कन्सन्टे्रटर मेसिन र ४ वटा थर्मल गन प्रदान गरेको छ। त्यस्तै चन्द्रकोट गाउँपालिकामा रहेको तुराङ स्वास्थ्य चौकीलाई १ थान कन्सन्ट्रेेटर मेसिन र १ वटा थर्मल गन प्रदान गरेको हो।

लायन्स क्लव अफ काठमाण्डौ गुल्मीको समन्वयमा उक्त स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको बैकंले जनाएको छ । स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौ गुल्मीका प्रतिनिधि युवराज न्यौपानेले ग्लोबल आईएम ई बैकंसगंको समन्वयमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको बताउँदैै लायन्स क्लव पनि नगरपालिकाको सहयोगका लागि सधै तत्पर रहने बताउनुभएको थियो। विपदको यो समयमा अक्सिजन अभावकै कारण मुसिकोट नगरपालिकामा कठिन स्थिति सिर्जना नहोस भनेर उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको उहाँको भनाई थियो।

स्वास्थ्य उपकरण ग्रहण गर्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले सहयोगी ग्लोबल आईएमई बैकं प्रति आभार व्यक्त गर्नुभयो । ग्लोबल आईएमई बैकंसगं नगरपालिकाबाट हुने विक्तिय कारोबारहरुमा सधै सहकार्य रहेको र रहँदै आउने समेत सापकोटाले स्पष्ट पार्नुभयो । नगरपालिकामा अहिले २० थान अक्सिजन सिलिण्डर र प्रयाप्त मात्रामा कन्सन्टे्रटर मेसिन रहेकाले अक्सिजन अभावमै मृत्युवरण गर्ने स्थिति नआउने बताउनुभयो । उहाँले जिल्लामै नमुना रुपमा मुसिकोट नगरपालिकामा यो विपदको समयमामा ७ वटा ऐम्बुलेन्स सञ्चालनमा आएको भन्दै अझै व्यवस्थित गरेर सञ्चालन गर्ने तैयारी भईरहेको समेत जानकारी दिनुभयो।

स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा नगरउपप्रमुख कमला शर्मा, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानजेर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो। ग्लोबल आईएम बैंक वामी शाखा प्रमुख माधव उपाध्याय अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन कर्मचारी बुद्धिमणी खरालले गर्नुभएको थियो।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित