– राम प्रसाद घिमिरे
बागलुङ: कोरोना भाइरसको दोस्रो लहरले विश्व नै त्राहित्राही अवस्थामा गुज्रिरहेको अबस्थामा प्रदेशमा रहेका युवाहरुले आफुले पढेको विद्यालयमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।
रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका युवाहरुले बडिगाड गाउँपालिका वडा नम्बर -५ मा रहेको थानापति आधारभुत बिद्यालयलाई माक्स, सेनिटाइजर, फेससिल्ड लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।
वाडिगाड गाउँपालिकाबाट जापानमा रहेका युवाहरुद्वारा गठित श्री थानापति दाँग जापान सम्पर्क समितिले बिद्यालयलाई २५ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको समितिका कोषाध्यक्ष चेतन घिमिरेले बताए।
आफुले पढेको विद्यालयमा सहयोग गर्नु पुर्व विद्यार्थीको कर्तव्य सम्झेर सानो सहयोग गरेका छौं, आगामि दिनमा पनि यो अभियान निरन्तरता दिने कोषाध्यक्ष घिमिरेको भनाइ रहेको छ।
बाल्यकालमा आफुले कखरा सुरु गरेको विद्यालयमा यो संकटको बेलामा सहयोग गर्दा बाल्यकालको सम्झना आएको समितिका अध्यक्ष इश्वरि प्रसाद घिमिरेले बताए।
“समाजमा शिक्षाको ज्योति छर्ने मातृभूमिमा रहेको बिद्याको मन्दिरमा सहयोग गर्नपाउँदा निकै गौरवान्वित महसुस गरेको अध्यक्षले बताए।
आफुहरुले अध्ययन गरेको बिद्यालयलाई सम्झेर गरिएको यो सहयोगले बिद्यालय परिवार निकै आभारि रहेको बिद्यालयका प्राचार्य खिमराज घिमिरेले बताए।
वडिगाड गाउँपालिकामा जन्म भइ विभिन्न शिलशिलामा जापानमा रहेका युवाहरुद्वारा गठित थानापति दाँग जापान सम्पर्क समितिका उपाध्यक्ष बाबुराम घिमिरे मार्फत सामाग्री सहयोग गरिएको समितिले जनाएको छ।
विश्व मै भयानक सरुवा रोग मानिएको कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा उपयुक्त उपाय हो मास्क र सेनेटाइजरको प्रयोग। तर नेपाल जस्तो अल्पविकसित देशमा लाखौं नागरिकहरु यी उपाए अपनाउन नसक्ने अवस्थामा रहेकोमा बिदेशमा रहेका नेपालिहरुद्वारा संकटमा गरिने यस्ता सहयोगले संक्रमणको दर कम गर्न सहयोग पुग्ने निश्चित छ।