बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि दुईवटा महत्वपूर्ण कार्यक्रम नीति कार्यक्रममा समावेश गरेको छ ।
गाउँपालिकाको नीति कार्यक्रममा समावेश भएका दुई कार्यक्रमहरु ‘बडिगाड गाउँपालिका, सुरक्षित नागरिक आवास कार्यक्रम’ र ‘नमूना स्वास्थ्य गाउँपालिका’ का लागि बजेटको समेत व्यवस्था मिलाइएको छ ।
बडिगाड गाउँपालिकामा नेपाल सरकारको ‘सुरक्षित आवास कार्यक्रम’ लागू गरिएको छ । सरकारको उक्त कार्यक्रमले नसमेटेको परिवारको आवास निर्माण गर्न गाउँपालिकाले यसखालको कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानाकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाका १ सय १७ घर जस्तापाताले छाइएको छ ।
खरका छाना विस्थापित गरि जस्ताले छाउने कार्यक्रम अन्तरगा वडा नं.२ र वडा नं. ६ लाई खरका छानामुक्त वडा घोषणा समेत गरिएको अध्यक्ष पाईजाले बताउनुभयो । गाउँपालिकामा ६ सय ५३ खरका छाना मुक्त बनाउने योजना अनुसार ‘बडिगाड गाउँपालिका, सुरक्षित नागरिक आवास कार्यक्रम’ लागु गरिएको पाइजाको भनाई छ ।
‘बडिगाड गाउँपालिका, सुरक्षित नागरिक आवास कार्यक्रम’ र ‘नमूना स्वास्थ्य गाउँपालिका’ का लागि बजेटको समेत व्यवस्था मिलाइएको छ ।
‘ आर्थिक वर्ष २०७८-०७९ मा बडिगाड गाउँपालिकालाई खरका छाना मुक्त पालिका घोषणा गर्छौं, त्यसकालागि २ करोड २५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ ।’ अध्यक्ष पाइजाले बताउनुभयो । यस्तै गाउँपालिकाले ल्याएको नीति कार्यक्रममा उल्लेख भएको अर्को कार्यक्रम ‘नमूना स्वास्थ्य गाउँपालिका’ रहेको छ । गाउँपालिकाका दश वटै वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने र कम्तिमा एक वडा एक ल्याव सहितको स्वास्थ्य सेवा प्रदान गर्नेगरि योजना बनाइएको अध्यक्ष पाइजाले बताउनुभयो ।
गाउँपालिकाको वडा नं. ७ र ८ का जग्गा व्यवस्थापन भएको छ । गत आर्थिक वर्षमा भवन निर्माणको प्रक्रिया अघि बढ्ने उहाँको भनाई छ । ‘नमूना स्वास्थ्य गाउँपालिका’ कार्यक्रममा लागि गाउँपालिकाले १ करोड ६६ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । ‘स्वास्थ्य तर्फको सूधारमा गाउँपालिकाले गर्नुपर्ने कामहरु धेरै छन् । अहिले केही राम्रो कामहरु समेत भएरहेकोले त्यसलाइ अझै राम्रो बनाउन यो कार्यक्रम ल्याइएको हो । ’ अध्यक्ष पाइजाले बताउनुभयो ।
गाउँपालिकामा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि रिखेटारिमा १३ रोपनी जग्गा व्यवस्थापन भएको छ । त्यहाँ स्वास्थ्य भवन निर्माणका लागि १७ करोड ३२ लाखको टेन्डर समेत भइसकेको अध्यक्ष पाइजाले जानाकारी दिनुभयो । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष वर्ष २०७८-०७९ मा सबै वडा तहमा व्यवस्थित स्वास्थ्य संस्था र पालिकामा समेत सबै सेवा सहितको स्वास्थ्य संस्था पाउने पाइजाले बताउनुभएको छ । – साभार ढोरपाटन पोष्ट