(साकेंतिक तस्बिर) बागलुङ : भरुवा बन्दुक सहित बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वटा नं. ४ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले आइतबार दिउँसो निसीखोला गाँउपालिका–४ थापागाँउका ४६ वर्षीय नरबहादुर कुँवर र वडा नं. ३ भर भई वडा ४ कै माझ पखा बस्ने दल बहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानाकारी दिनुभयो ।
उनीहरुले गोठमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बन्दुकमा प्रयोग हुँने १० थान कच्चा पदार्थ सहित पक्राउ गरिएको प्रहरी निरक्षिक वन्तले बताउनुभयो । बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले एकैदिन छुट्टा छुट्टै स्थानबाट दुईनाल भूवा बन्दुक सहित दुई जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिवाङमा ल्याइएको छ ।
आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइने तयारी भएको प्रहरीले बताएको छ ।