गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षाण गर्दा ३२ जना पिसिआर परिक्षण गर्दा ५ जना मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको रेसुङा नगरपालिकामा दुई जना,मुुसिकोट नगरपालिकामा दुई जना,रुरुक्षेत्र गाउँपालिकामा १४ जना,कालीगण्डकी गाउँपालिकामा छ जना,सत्यवति गाउँपालिकामा चार जना,छत्रकोट गाउँपालिकामा तीन जना,मालिका गाउँपालिकामा तीन जना,मदाने गाउँपालिकामा एक जना, इस्मा गाउँपालिकामा एक जना,धुर्कोट गाउँपालिकामा एक जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४५५ पुगेको छ । गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यही असार ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।