बागलुङमा १० हजार डोज मात्रै भेरोसेल खोप आयो !

बागलुङमा १० हजार डोज मात्रै भेरोसेल खोप आयो !

Badigad Online
2 Min Read

बागलुङ : बागलुङमा भण्डारण क्षमता नभएपछि १० हजार डोज मात्रै खोप आईपुगेको छ । नेपाल सरकारले सुरु गरेको खोप अभियानका लागि बागलुङमा १० हजार भेरोसेल खोप आएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन राजु खत्रीका अनुसार १५ हजार खोप बागलुङमा ल्याउने भनिए पनि भण्डारण क्षमता नभएका कारण १० हजार मात्रै ल्याईएको हो । उनले भने,‘१५ हजार डोज खोप आउने भनेकोमा हाम्रो भण्डारण क्षमता नभएका कारण अहिले १० हजार मात्रै आएको छ ।’

भण्डारण क्षमता नभएका कारण बाँकी ५ हजार डोज खोप पछि ल्याईने उनको भनाई छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लाका सबै पालिकामो खोप लगाईने उनले बताए । सरकारले ५५ वर्ष र सो को उमेर समुहभन्दा माथि पहिलो डोज खोप लगाउन बाँकी सबै, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चाल र सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरुका लागि खोप लगाईने छ ।

सरकारले मंगलबारदेखि नै खोप सञ्चालन गर्ने जनाए पनि बागलुङमा भने केही दिन पछि धकेलिने देखिएको छ । ‘बल्ल खोप आईपुगेको छ, गाउँ गाउँमा खोप पु¥याउन बाँकी नै छ,’खत्रीले भने,‘खोप समन्वय समितिको बैठक बसेर योजना बनाउनुप¥यो । त्यसपछि मात्रै खोप कार्यक्रम सञ्चालन हुन्छ । सम्भवतः ३ गतेदेखि खोप सञ्चालन हुनेछन् ।’

बागलुङ आईपुगेको खोप ढोरपाटन, निसी तमान पु¥याउनुपर्ने भएकाले मंगलबारदेखि नै खोप लगाउन गाह्रो हुने उनी बताउँछन् । ‘यही बागलुङ नगरभित्र गरौं भनेपछि सुरुवात त गर्न सकिएला तर गाउँमा खोप पु¥याउन गाह्रो छ,’ उनले भने ।

बागलुङमा अहिलेसम्म २२ हजारलाई कोरोना विरुद्धको खोप लगाईएको छ । भरोसेल ४ हजार बढि र कोभिशिल्ड १८ हजार बढिलाई लगाईएको उनले बताए । १८ हजार कोभिशिल्ड खोप लगाएकामध्ये १४ हजार भने अझै दोस्रो डोज खोपबाट बञ्चित भएका छन् । कोभिशिल्डको खोप नआएका कारण उनीहरुलाई दोस्रो डोज दिन नसकिएको हो । भेरो सिल पहिलो डोज लगाएकाहरुले भने दोस्रो डोज पनि पाएका छन् । दोस्रो डोज लगाउने क्रम अहिले पनि जारी रहेकाले तथ्याङ्क प्राप्त भैनसकेको उनले बताए । बागलुङ पोस्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित