पोखरा-बागलुङ राजमार्ग साता दिन पछि एकतर्फी खुल्यो !

पोखरा-बागलुङ राजमार्ग साता दिन पछि एकतर्फी खुल्यो !

Badigad Online
2 Min Read

एक साता देखि अवरुद्ध पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ राजमार्ग केही बेर अघिबाट खुलेको छ । पहिरोमा रहेका ठुला ढुंगा बम बिष्फोट मार्फत फुटाएर पहिरो हटाए पछि मंगलबार साँझदेखि एकतर्फी रुपमा सडक सुचारु भएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो ।

सडक खुलेपछि सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँ पुलमा गत साता परेको भारी वर्षा सँगै सडक माथिबाट ठूला ढुङ्गा सहित आएको पहिरोका कारण बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा लगायतका स्थानमा जाने सिधा सवारी आवागमन ठप्प बनेको थियो ।

ठूला ढुंगा र पहिरो तत्काल हटाउन प्रयास थालिए पनि अविरल वर्षा र ठूला कडा ढुंगा भएका कारण फुटाउन र पन्छ्याउन समस्या भएको थियो । निर्माणाधीन मध्यपहाडी अन्तर्गत भएकाले पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले पहिरो पन्छाएर सडक सुचारु गरेको आयोजना कार्यालय पर्वतले जनाएको छ ।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो। उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारी हिलोमा फस्न थाले पछि मालवाहक सवारी साधन बिचमै अलपत्र परेका थिए । आदर्श अनलाइन,

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित