रिर्पोट नेपालद्धारा गुल्मीका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण !

रिर्पोट नेपालद्धारा गुल्मीका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण !

Badigad Online
2 Min Read

गुल्मी, असार ३० । राजधानीबाट सञ्चालन हुँदै आएको राष्ट्रिय स्तरको अनलाईन रिर्पोट नेपाल डककमले गुल्मी जिल्लाका सञ्चारकर्मीहरुलाई कोरोना संक्रमणबाट बच्ने विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।

त्यस अनलाईनका कार्यकारी सम्पादक महेन्द्र पाण्डे, निर्देशक कृष्णप्रसाद सापकोटा, सञ्चालक बसन्त भुजेल, कर्मचारी माईकल मगर र अनलाईनका शुभचिन्तक दिपक थापको टोलीले गुल्मी मै आएर स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

गुल्मी जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुका लागि उनीहरुले नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर र सचिव प्रेम सुनार मार्फत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । रिर्पोट नेपालका कार्यकारी सम्पादक पाण्डेले त्यस अनलाईनका अधिकांस सञ्चालक गुल्मी कै भएकोले गृह जिल्लाका पत्रकार तथा सञ्चारकर्मीका लागि नेपाल पत्रकार महासंघ मार्फत वितरण गरिएको जानकारी दिए ।

, त्यस्तै प्रेस युनियन गुल्मी शाखा, सदरमुकाम तम्घासमा कपल काट्ने नाई र वामीअस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना महामारीको विपद्मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेर थोरै भए पनि राहत उपलब्ध गराईएको उनले बताए । त्यस अनलाईनले मास्क , सेनीटाईजर , पिपिई सेट लगातका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवरले सहयोगी संस्था रिर्पोट नेपाल डटकम अनलाईन परिवारलाई जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुको तर्फबाट धन्यवाद दिदै आभार ब्यक्त गरेका थिए । कार्यकारी सम्पादक पाण्डेले त्यस अनलाईनको पहलमा केहि दिन अघि सिन्धुपाल्चोकका बाढि पहिरो पीडितहरुलाई पनि स्वास्थ्य सामग्री र खाद्यन्न राहत वितरण गरिएको जानकारी दिए । पाण्डेको घर गुल्मीको सदरमुकाम तम्घास हो । यहाँका उनी पुराना पत्रकारहरुमा गनिन्छन् ।

सञ्चालक भुजेलको घर पनि तम्घास खानीगाउँ हो । उनका बाबु रुद्रबहादुर भुजेल जिल्लाका समाज सेवीहरु मध्ये एक हुन् । छोरा भुजेल लेखक पनि हुन् । कोरोना संक्रमणको लकडाउन अवधीमा उनले ‘लकडाउन डायरी ’ नामक पुस्तक पनि प्रकाशित गरकेका छन् । उक्त पुस्तक रिर्पोट नेपाल डटकममा प्रकाशित लेखको संगालो भएको उनले उल्लेख गरेका छन् ।

निर्देशक सापकोटाको घर मुसिकोट नगरपालिका- ९ अर्लाङ्गकोट हो । उनी साविक अर्लाङ्गकोट गाविसका पुर्व उपाध्यक्ष हुन् । उनी २०५४ सालको निर्वाचनमा २२ बर्षको उमेरमा नेपाली कांग्रेसको तर्फबाट साविक अर्लाङ्गकोट गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित