नेपाल एग्रो लघुवित्त वित्तिय संस्था वामीद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण !

नेपाल एग्रो लघुवित्त वित्तिय संस्था वामीद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण !

Badigad Online
1 Min Read

गुल्मी । नेपाल एग्रो लघुवित्त वित्तिय संस्था वामीटक्सार शाखाले मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ । केही समय अगाडी मृत्यु भएकी पुष्पा घर्तीको परिवारलाई मृत्यु दाबी बापतको २ लाख पच्चिस हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

वित्तिय संस्थाको सदस्यको रुपमा आबद्ध भई कर्जा कारोबार गर्ने सदस्यको मृत्यु पश्चात मृतकको परिवारलाई विमा वापतको रकम शाखा कार्यालय वामीका शाखा प्रबन्धक लाल बहादुर भण्डारीले हस्तान्तरण गर्नुभएको हो ।

मुसिकोट नगरपालिका वडा नं ७ वामी निवासी संस्थाकी सदस्य घर्ती रुचालको परिवारलाई गल्कोट नगरपालिका वडा नं ११ का वडासदस्य श्याम श्रीसको रोहवरमा रकम हस्तान्तरण गरिएको हो ।

संस्थाले सुर्य लाईभ ईन्सोरेन्स कम्पनीसगंको सहकार्यमा जिवन बिमा गरेपश्चात सदस्यको मृत्यु पश्चात साधारण मृत्युमा विमाकं रकमको सतप्रतिशत रकम र दुर्घटनाबाट मृत्यु भएमा विमाकं रकमको २५० प्रतिशत तथा काज क्रिया बापत २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित