बाख्रा चराउन जाँदा भीरबाट लडेर बागलुङ जैदीका थापाको मृत्यु !

बाख्रा चराउन जाँदा भीरबाट लडेर बागलुङ जैदीका थापाको मृत्यु !

Badigad Online
1 Min Read

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका एक व्यक्तिको शनिबार बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताए ।

चोखेकदेखि बोर तर्फ जाने बाटोबाट खसेर थापाको घट्ना स्थलमानै मृत्यु भएको बताईएको छ । थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु प्रवाशमा रहेको बताईएको छ । घट्ना शनिबार दिउँसौ करिब २ बजेको समयमा भएको बताईएको छ ।

थापा भीरबाट करिब ५ सय मिटर तल खसेको सागर गिरीले जानकारी दिए । थापाको टाउकोमा गहिरो चोट लागेको थियो । ईपरी न्यज

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित