बडिगाड अनलाइन,डेस्क । बडिगाड गाउँपालिकामा सोमबार ४ सय ४५ जनाले कारोना भाईरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार पालिका भित्रका ५ वटा वडाका नागरिकले उक्त संख्यामा भेरोसेल खोप लगाएका हुन् ।
गाउँपालिकाको वडा नं २,५,६,७ र ९ वडाका ४ सय ४५ जनाले खोप लगाएको स्वास्थ्य सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो । जसमध्ये वडा नं २ मा ९२ जना,वडा नं ५ मा १ सय ६६ जना,वडा नं ६ मा २६ जना,वडा नं ७ मा १ सय १८ जना र वडा नं ९ मा ५२ जनाले खोप लगाएका छन् ।
गाउँपालिकाले विद्यालयहरूमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरू अपागंता भएका व्यक्ति र कोरोना खोपकै कारण विदेश जानबाट रोकिएकाहरुलाई ग्वालीचौर स्वास्थ्य चौकी ग्वालीचौरमा , भिमगिठे स्वास्थ्य चौकि , दगा स्वास्थ्य चौकि , दर्लिङ्ग स्वास्थ्य चौकि र जलजला स्वास्थ्य चोेकि खोप केन्द्रमा कोभिड बिरूद्ध खोप दिएको उहाँले बताउनुभयो ।
मगंलबार पनि बाँकी रहेका वडाहरु र सोमबार सञ्चालन भएका खोप केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुने भएकाले खोप लिन विद्यालयको सिफारिस वा शिक्षकको परिचय खुल्ने परिचय पत्र सहित उपस्थित हुन पनि स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।