बडिगाड अनलाइन,डेस्क । बडिगाड गाउँपालिकामा मगंलबार ८ सय ९७ जनाले कारोना भाईरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार पालिका भित्रका ९ वटा वडाका नागरिकले उक्त संख्यामा भेरोसेल खोप लगाएका हुन् ।
जसमध्ये ४ सय ३ जना पुरुष र ४ सय ९४ जना महिलाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको स्वास्थ्य सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो । वडा नं २ मा ८ जना,वडा नं ३ मा ९८ जना,वडा नं ४ मा १ सय ६२ जना,वडा नं ५ मा १ सय १ जना,वडा नं ६ मा ४४ जना,वडा नं ७ मा ७४ जना,वडा नं ८ मा १ सय २० जना,वडा नं ९ मा ७४ जना र वडा नं १० मा ६६ जनाले खोप लगाएको कडेंलले बताउनुभयो ।
गाउँपालिकाले विद्यालयहरूमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरू अपागंता भएका व्यक्ति र कोरोना खोपकै कारण विदेश जानबाट रोकिएकाहरुलाई ग्वालीचौर स्वास्थ्य चौकी ग्वालीचौरमा , भिमगिठे स्वास्थ्य चौकि , दगा स्वास्थ्य चौकि , दर्लिङ्ग स्वास्थ्य चौकि र जलजला स्वास्थ्य चोेकि खोप केन्द्रमा कोभिड बिरूद्ध खोप दिएको उहाँले बताउनुभयो । सोमबार ४ सय ५४ जनाले खोप लगाएका थिए ।