जीवन पाण्डे, बाग्लुङ्ग, असार २७ – बडिगाड गाउपालिका वडा न. ३, सिसाखानिमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट श्मशान घाट व्यवस्थित गरिएको छ । सिसाखानीमा पार्थिव शरिरको अन्तिष्टी गरिने ठाउँ साउने खोला नामक खोलाको किनारमा हो । उक्त खोलाको किनारमा शव अन्तिष्टी गर्न गएका मानिस(मलामी) लाइ हिउदको समयमा घामले असर गर्ने गर्छ भने बर्षाको समयमा पानीले भिजाउछ । यस्तो हुदा सोही कुरालाइ मध्यनजर राख्दै मलाम गएका मानिसहरुलाइ घाम एबम वर्षा ओत्न टहरो निर्माण गरिएको छ
टहरो निर्माण गर्नका लागि सिसाखानी कि स्थानिय गोमा श्रीषले करिव ३ आना जग्गा सित्तैमा उपलब्ध गराएको बडिगाड -०३, सिसाखानिका वडाध्यक्ष खडक पुनले बडिगाड अनलाइनलाइ बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिसाखानिलाइ २ ला ६० हजार बिनियोजित भएको पनि उहाले बताउनु भयो ।
निर्माण गर्नका लागी काम असार १४ गते देखि सुरु गरिएको थियो । उक्त निर्माण कार्यमा २५ जना व्याक्तिले १० दिन सम्म रोजगार पाएका थिए भने काम २५ गते निर्माण कार्य पुर्णरुपमा सकिएको हो ।
त्यसैगरी बडिगाड गाउपालिकाका वडा न. ३,५,६ र ७ मा पनि श्मशान घाट व्यवस्थित गर्न टहरा निर्माण गरिएको छ । त्यसैगरी वडा न. ८ मा मटरबाटो सोलिङ, ४ र १० मा गोरेटोबाटो निर्माण, वडा न. मा मटरबाटोमा मेसिनरी बाल (गेभिन) लगाइएको छ भने वडा न. २ मा सिचाइ कुलो निर्माण गरिएको हो । टहरा निर्माण गर्ने कार्यमा वडा न. ६ ले कोठा सहित निर्माण गरेको छ । जसमा शव अन्टिष्टी गर्दा बचेका दाउरा व्यवस्थित गरिने एबम कम भएमा सोही दाउरा प्रयोग गर्ने वडाध्यक्ष मौसम काजि क्षेत्री ले बताउनुभयो ।