गुल्मीमा जीप दुर्घटना : ३ जना घटनास्थलमैे मृत्यु !

गुल्मीमा जीप दुर्घटना : ३ जना घटनास्थलमैे मृत्यु !

Badigad Online
1 Min Read

गुल्मी : गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ ।

बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा ल ु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन कसेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दोभान सडकदेखि जिप झण्डै ३ सय मिटर तल खसेको छ । अहिले घाईतेहरुको उद्धार र अस्पताल पुर्याउने काम चलिरहेको छ । शवहरु कोही भीरमा र कोही रुखमा अड्किएको अवस्थामा फेला परेको जनाईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित