सागर भण्डारी, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका ४ भङ्ल्याङमा दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटना परी ज्यान गुमाउनेहरुमा चन्द्रकोट गाउँपालिका ५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका ५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता बिकको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
दुर्घटनामा घाईते चन्द्रकोट गाउँपालिका ७ दमुका बस्ने २३ बर्षका मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ बर्षकी रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ बर्षका गोकुल भण्डारीलाई थप उपचारका लािग जिल्ला अस्पताल तम्घासमा ल्याईएको छ भने
पाल्पामा उपचारको लागि चन्द्रकोट गाउँपालिका ६ हरेवा बस्ने २० बर्षका बिनिता परियार, चन्द्रकोट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका बम बहादुर बिक, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बस्ने ३९ बर्षका गगन क्षेत्री र चन्द्रकोट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका सुनिल बिकलाई पाल्पामा उपचारका लागि पठाइएको छ ।
घाईते मध्ये सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जीप के कारणले दुर्घटना भयो भन्ने बारेमा भने खुल्न सकेको छैन् । प्रहरीले यस बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।