बागलुङ: बागलुङका दुई बालक नदीमा डुबेर बेपत्ता भएका छन्। दुई बालक भने बचेका छन्। कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका-४, उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्।
पाैडी खेल्ने क्रममा एक जनालाई बचाउदा दुवै बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए। अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन्।
बिहीबार मध्यान्ह चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न विक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन्। आफूहरु नदीमा नभइ छेउमा आएको पानीमा खेलेको र एक्कासी दुईजनालाई बगाएको भीषण पुनले बताए।
बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए।