पुजा गौतम, गुल्मी : कोभिड विशेष अस्थायी अस्पताल स्थापना गरेको गुल्मिको इस्मा गाउपालिकाले अब सोही अस्पतालमा एक्सरे सेवा समेत उपलब्ध गराउने भएको छ ।
त्यस अस्पतालका प्रमुख डा.निश्चल शर्माका अनुसार इस्मा गाउपालिका अध्यक्ष लक्ष्मण बिष्ट्ले केन्द्रमा पहल गरेपछी हालै प्रोटेबल डिजिटल एक्सरे मेसिन इस्मा मा आइपुगेको हो ।अब एक्सरे मेसिन राख्ने कोठा निर्माण भैरहेको र भदौ को पहिलो साता देखि इस्माका सर्बसाधारणले एक्सरे सेवा गाउमै पाउने भएका हुन ।
इस्मा गाउपालिका अध्यक्ष बिष्टले गाउपालिकाले माग गरेर पठाएको र स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका उपसचिब गुल्मी अर्जै निवासी मान बहादुर बस्नेतको पहलमा पैतिस लाख भन्दा बढी मुल्य पर्ने उक्त मेसिन छिटो आउन सफल भएको बताए ।
उनका अनुसार क्रमिक रुपले सदरमुकाम जानू पर्ने बिमारिहरुलाई इस्मा मै स्वास्थ सेवा उपलब्ध गराइने छ । इस्मा गाउँपालिकामा १५ सैयाको अधारभुत अस्पताल निर्माण गर्न सुरु गरि सकिएको छ । उपसचिव बस्नेतको पहलमा मालिका गाउँपालिकामा पनि एक्सरे मेसिन आइ सकेको छ ।