गुल्मीमा एकै दिन दुई दुर्घटना : एकजनाको मृत्यु !

गुल्मीमा एकै दिन दुई दुर्घटना : एकजनाको मृत्यु !

Badigad Online
1 Min Read

फाईल तस्बिर

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँर्दै गरेको लु ३ त ३९९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिकाका वडा नम्वर ५ का अन्दाजी ३५ बर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

यसैबिच सत्यवतीमै लु २ च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका खैरेनीबाट लिम्घातर्फ जाँदै गरेको जिप ढाडबैरामा दुर्घटना हुँदा सत्यवती ४ का चालक ३४ बर्षीय सेरबहादुर श्रीस, ६८ बर्षीय नैनकला पौडेल,६५ बर्षीय भद्रीकला ज्ञवाली, वडानम्वर ५ की ५० बर्षीय दिलकुमारी पुन र वडा नम्वर ७का ७४ बर्षीय चन्द्रबहादुर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घाइतेहरुको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित