बडिगाड खोलाले बगाउँदा साढे दुई वर्षीय बालक वेपत्ता !

बडिगाड खोलाले बगाउँदा साढे दुई वर्षीय बालक वेपत्ता !

Badigad Online
1 Min Read

छबिलाल पाण्डे, बागलुङ : शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा बुर्तिबाङको खप्तरीबाङबाट एक वालक वेपत्ता बनेका छन ।

गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल बाबा आमासँग मावली घर ढोरपाटन नगरपालिका-१ खप्तरीबाङ आएका साढे दुई वर्षीय बालक नविन कुमाललाई बडिगाड खोलाले बगाएको हो ।

शुक्रबार दिउँसो साढे २ बजेतिर नविनका १२ वर्षिय दाजु अप्सन कुमाल नुहाउन खोलामा गएको र साथैमा भाईलाई पनि लिएर गएको बताईएको छ ।

अप्सनले नुहाउँदै गर्दा नदी छेउमा खेल्दै गरेका भाईलाई नदिले बगाएको अप्सनले बताएको प्रहरीले जनाएको छ ।

नदीले बगाएर वेपत्ता बनेका बालकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ, तथा स्थानीयवासीले शुक्रबारदेखि नै खोजी कार्य जारी राखे

पनि हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित