चार वर्ष पछि मुसिकोटका माओवादीहरुको भेला !

चार वर्ष पछि मुसिकोटका माओवादीहरुको भेला !

Badigad Online
2 Min Read

मुसिकोट- चार बर्ष पछि मुसिकोटका माओवादीहरुको पहिलो भेला गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) मुसिकोट नगर कमिटीले मुसिकोटको देउरालीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागी माओबादी कार्यकर्ताहरुले चार बर्ष अघिको भेलाको स्मरण गरे ।

नेकपा एकतापछि माओवादी आन्दोलन र एजेन्डा हराए जस्तो महशुस भएको थियो तर अहिले माओवादी केन्द्रमै फर्किन पाएकोमा उर्जा मिलेको छ । वडा नम्बर १ का अगुवा कार्यकर्ता दिपक खरेलले भने-अब हामी २०६४ साल कै जस्तो जनमत प्राप्त गर्ने गरि खट्नु पर्दछ ।

दुई घन्टाको बाटो हिडेर खहरे गाउँबाट आएका सो पार्टिका पुराना कार्यकर्ता गोकणर् सुर्यवशींले केपि ओलिको पदलोलुपताले एकता भएको र उनकै अहंकारले नेकपा फुटेको आरोप लगाए । सो पार्टी निकट नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा मुसिकोट नगर कमिटी संयोजक चन्द्र रसाइलीले माओबादी आन्दोलनले दलित समुदायलाइ माथी उठाएको दावी गरे ।

सो पार्टिका जिल्ला सदस्य ज्ञानेश्वर घिमिरेले २०६४ साल पछिको माओबादी सरकारले देशभरका हजारौ साना किशानहरुको रिण मिनाह गरे जस्तो जनहितको काम अहिलेको सरकारले गर्नु पर्ने धारणा राखे । अर्का जिल्ला कमिटी सदस्य युवराज खरेलले देश माओबादिहरुकै एजेन्डामा चलेको भन्दै निरास नहुन कार्यकर्ताहरुलाइ ढाट्स दिए ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नगरकमिटी अध्यक्ष खुम बहादुर थापाले केपि ओलिको निरंकुसता,अहंकार र अलोकतान्त्रिक गतिविधि विरुद्ध माओबादी सहितको लोकतान्त्रिक पार्टिहरु लडेर ओलिलाइ घुडा टेकाउन सफल भएको भन्दै नयाँ शिराबाट माओवादी आन्दोलन अगाडि बढने उदघोष गरे ।

कार्यक्रमको सहजीकरण गरेका जिल्ला कमिटी सदस्य सुरेन्द्र नेपालीका अनुसार साउन २७ गते भित्र त्यस नगरका ९ वटै वडा कमिटी गठन गरिने छ । शनिवारको भेलाले वडा कमिटी गठनको जिम्मा सम्बन्धित वडाका नेताहरुलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा दुई जना युवा माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित