वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते !

वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते !

Badigad Online
1 Min Read

बडिगाड अनलाइन,खार : वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते भएकी छिन् ।

बडिगाड गाउँपालिका वडा नं ९ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीको मोटरसाईकलले ठक्करबाट गाउँपालिकाको वडा नं ६ खालकी १२ वर्षीय श्रृजना बुढाथोकी घाईते भएकी हुन् ।

वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय तर्फ आउँदै गरेको मोटरसाईकलको ठक्करबाट बुढाथोकीको टाउको र शरिरमा चोटपटक लागेको छ ।

उनको स्थानीय बडिगाड पोलिक्निकमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको छ । उनको एउटा दाँत भाँच्चिएको र खुट्टामा गहिरो चोट लागेको छ ।

बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको बुझिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित