जीवन पाण्डे, बाग्लुङ्ग, साउन २ – जिल्लाको बडिगाड गाउपालिका वडा न. ०५, भिरकटेरामा रहेको ऐतिहासिक तथा प्रयटकिय स्थल चमेरे गुफामा असार २८ गतेका दिन बेलायती र फ्रान्सेली नागरिकले अवलोकन तथा भ्रमण गरेका छन । उनिहरु त्यस क्षेत्रमा अवलोकन गर्न जाने पहिलो बिदेशी नागरिक भएको कुरा स्थानियले बताएका छन । बेलायती नागरिक फ्रेया अलेक्जेन्डर र फ्रान्सेली नागरिक एलेक्स मालेट नाम गरेका दुई बिदेशी नागरिक उक्त गुफाको अवलोकन गरेका हुन । उनिहरु बिशेषत चमेरा र तिनिहरुको वासस्थान हेर्नको लागि आएको बताए । अवलोकनकै क्रममा चमेरे गुफा बाट देखिने मनमोहक दृष्य र अति नै अप्ठ्यारो भूगोल भएपनी निकै सुन्दर रहेको बताए ।
चमेरा को बारेमा निकै नै रुचि देखएका उनिहरुलाई वन विज्ञान अध्यान संस्थानमा अध्यनरत एबम चमेराको बारे विशेष अध्यन गर्दै गर्नुभएको विद्यार्थी सन्दिप घिमिरे ले चमेराको बारेमा विभिन्न जानकरी दिनु भयो । क्यामरा को फ्लाश र तेजिलो प्रकाशले चमेरा अलि उत्तेजित भई धेरै भड्किएका थिए । चमेरे गुफा बिकाशउन्मुख रहेको र त्यसमा बत्ती पनि जडान हुँदै गरेको जानकारी पाएपछी उनिहरुले पनि बत्ति चमेरालाइ असर नगर्नेगरि राख्नुपर्ने बताएका थिए । चमेरे गुफा पछि करुणा गुफाको अवलोकनमा फ्रेया गुफाको माथिल्लो भागसम्म चढ्नुभएको थियो ।
उनिहरु चमेरे गुफा भित्रको त्यो ठुला ठुला विभिन्न आकारका ढुङ्गाका प्राकृतिक संरचना देख्दा निकैनै लोभित भएका थिए । नेपाली पनि पढ्न आउने उनिहरुले त्यहा भित्र रहेको शिलालेखमा लेखिएको नेपाली अक्षर पढेका थिए । चमेरे गुफा एबम करुणा गुफा पुर्ण अवलोकन गरेपछी उनिहरुले आगामी दिनमा यो मनोमहक दृष्य हेर्न फेरि आउने र आउदा आफ्ना अन्य साथिहरुलाइ पनि लिएर आउने बताएका थिए । (नोट : भिडियो मा यी सवैकुरा समाबेश गरिएको छ । त्यो भिडियो हेर्न “बडिगाड अनलाइन”को फेसबुक पेज एबम युट्युवमा प्राप्त गर्न सक्नुहुनेछ ।)